नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
आ.व.२०८०/८१ को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट अवधारणापत्र-२०७७ र जडीबुटीको व्यावसायिक खेती बिस्तार कार्यबिधि, निर्देशिका-२०७७ अनुरुप केन्द्रको आ.व.२०८०/८१ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि समूह/सहकारीहरु मार्फत जडीबुटीहरुको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन गर्न मिति २०८०।०५।२५ गतेको धनगढी पोष्ट दैनिकमा प्रकाशन भएको सुचनाअनुसार ७ वटा प्रस्ताव प्राप्त भएकोमा आवेदन गर्ने समुह/सहकारीहरुको स्थलगत निरीक्षण तथा अवलोकन पश्चात् जडीबुटी विस्तार कार्यक्रम कार्यान्वयन समितिको मिति २०८०/०८/२७ को निर्णयानुसार तपशील बमोजिम ३ वटा समूह / सहकारीहरु छनौट गरिएको छ । छनौट भएका समूह/सहकारीहरुले "जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७"को अनुसुची २ बमोजिमको सम्झौता पत्रको ढाँचा अनुरुप मिति २०८०/०९/०४ भित्र रिठ्ठाको खेती विस्तार कार्ययोजना र निवेदन सहित तपशीलमा उल्लेखित कागजातहरु साथमा लिई सम्झौता गर्न आउनुहुन यो सूचना जारी गरिएको छ ।

सम्बन्धित सूचना /समाचार

चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2080-05-25 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०७९/८० को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

2080-02-21 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०७९/८० को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रमको आवेदनपत्र-प्रस्तावपत्र

2079-09-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

आ.व.२०७९/८० को जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन सम्वन्धी सूचना

2079-09-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चेतनामुलक श्रव्य दृष्य सामाग्री प्रसारण सम्वन्धी सुचना

2079-03-02 | DPRO