नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
आ.व.२०७९/८० को जडिबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रमको आवेदनपत्र-प्रस्तावपत्र

वन तथा वातावरण मन्त्रालयको जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट अवधारणापत्र अनुसार सुदूरपश्चिम प्रदेशमा पकेट कायम भएका स्थानीय तहहरुमा जडीबुटीको व्यावसायिक खेती बिस्तार कार्यबिधि, निर्देशिका-२०७७ अनुरुप र यस केन्द्रको आ.व.२०७९/८० को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत समूह/सहकारीहरुमार्फत जडीबुटीहरुको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालनका लागि मिति २०७९।९।११ गतेको अनुमोदन दैनिकमा सुचना प्रकाशन भएको छ । सूचनामा प्रस्ताव माग भए बमोजिम तोकिएका प्रजातिहरुको निर्दिष्ट ढाँचामा योजना प्रस्तावलगायतका अन्य आवश्यक कागजातहरु सहित निवेदन गर्न चाहने समूह / सहकारीहरु लगायत सबैलाई सूचित गरिएको छ ।