जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट अवधारणापत्र-२०७७ र जडीबुटीको व्यावसायिक खेती बिस्तार कार्यबिधि, निर्देशिका-२०७७ अनुरुप केन्द्रको आ.व.२०७९/८० को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि समूह/सहकारीहरुमार्फत जडीबुटीहरुको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालनका गर्न मिति २०७९।९।११ गतेको अनुमोदन दैनिकमा प्रकाशन भएको सुचनाअनुसार २६ वटा प्रस्ताव प्राप्त भएकोमा प्रस्तावित स्थानको हावापानी, भौगोलिक अवस्थिति, जडिबुटी खेतीको सम्भावना र सिचाई सुविधाजस्ता आधारभुत कुराहरुको अधीनमा रही तपशील बमोजिम १० वटा समूह / सहकारीहरु छनोट गरिएको छ । छनौट भएका समूह/सहकारीहरुले "जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७"को अनुसुची २ बमोजिमको सम्झौता पत्रको ढाँचा अनुरुप मिति २०८०/२/२७ भित्र तोकिएको जडीबुटी प्रजाति खेती विस्तार कार्ययोजना र निवेदन सहित तपशीलमा उल्लेखित कागजातहरु साथमा लिई सम्झौता गर्न आउनुहुन यो सूचना जारी गरिएको छ ।
2081-06-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली
2080-08-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली
2080-05-25 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली
2079-09-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली
2079-09-11 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली