नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
आ.व.२०८१/८२ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलो खेती विस्तारको लागि समूह/सहकारीहरुको छनौट सम्वन्धी सूचना

जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट अवधारणापत्र-२०७७ र जडीबुटीको व्यावसायिक खेती बिस्तार कार्यबिधि, निर्देशिका-२०७७ अनुरुप केन्द्रको आ.व.२०८१/८२ को पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि समूह/सहकारीहरु मार्फत जडीबुटीहरुको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन गर्न आवेदन गर्ने समुह/सहकारीहरुको स्थलगत निरीक्षण तथा अवलोकन पश्चात् जडीबुटी विस्तार कार्यक्रम कार्यान्वयन समितिको मिति २०८१/१२/१ को निर्णयानुसार तपशील बमोजिम २ वटा समूह / सहकारीहरु छनौट गरिएको छ । छनौट भएका समूह/सहकारीहरुले "जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७"को अनुसुची २ बमोजिमको सम्झौता पत्रको ढाँचा अनुरुप मिति २०८१/१२/१७ भित्र कुरिलो खेती विस्तार कार्ययोजना र निवेदन सहित सम्झौता गर्न आउनुहुन यो सूचना जारी गरिएको छ ।

सम्बन्धित सूचना /समाचार

वनस्पति अनुसन्धान केन्द्र, कैलालीको सूचना।

2081-12-15 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८०/८१ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत जडीबुटीको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली

चालु आ.व.२०८१/८२ को लागी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुरिलोको व्यावसायिक खेती विस्तार कार्यक्रम संचालन एवं कार्यान्वयन गर्ने / गराउने सम्वन्धी सूचना र प्रस्तावपत्र फाराम

2081-07-28 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना

2081-07-27 | वनस्पति अनुसन्धान केन्द्र, कैलाली ।