नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
वनस्पति अनुसन्धान केन्द्र
धनगढी, कैलाली
परिचय

क्षेत्रफलका हिसावले विश्व मानचित्रमा नेपाल सानो स्थान ओगटेको राष्ट्र भएतापनि भू वनौटहावापानीतथा वानस्पतिक जैविक विविधतामा धनी र विशिष्ट स्थान ओगटेको छ । हामी हाम्रा जैविक विविधताको सहि ढंगबाट सदुपयोग गर्न सकेको खण्डमा मात्र प्राकृतिक स्रोतहरुमा धनी भएको सार्थकता सिद्ध हुनेमा दुईमत हुन सक्दैन । विश्वमा स्वस्थ्य उपचारका साथै सौन्द्रर्य सामाग्री उत्पादन गर्ने वहुराष्ट्रिय कम्पनीहरु जडीवुटी जन्य आर्युवेदिक उत्पादन प्रति अत्याधिक रुचि देखाउन थालेका छन् ।त्यसमा पनि नेपालको हिमालय क्षेत्रमा पाईने शुद्ध जडिवुटी जन्य वनस्पतिको माग दिनानुदिन वढ्दै गएको छ ।
नेपालको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरु जलस्रोत
पर्यटन र कृषि क्षेत्रको मेरुदण्ड वन क्षेत्र हो । जनताको वन क्षेत्रमा आवश्यकता परिपुर्तिपशु आहारस्वास्थ्य रहन औषधिय वनस्पति तथा वातावरण सन्तुलनको लागी वनवनस्पति अति आवश्यक छ । वन सम्पदाको संरक्षण,सम्वर्द्धन तथा समुचित सदुपयोगवाट देशको आर्थिकसमाजिक विकास गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन एवं जनताको जीविकोपार्जनका अवसरहरु वढाउन सकिन्छ ।
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग अन्तर्गतको यस वनस्पति अनुसन्धान केन्द्रकैलालीले आफ्नो स्थापनाकाल देखि नै कैलाली जिल्ला तथा सुदुर पश्चिम प्रदेश क्षेत्रमा रहेका वनस्पति श्रोतको सर्भेक्षणसंकलनपहिचानव्यवस्थापन तथा उपयोगि वनस्पति स्रोतको सदुपयोगमा काम गर्दै आएको छ ।

 यस कार्यालयले सिमित मानविय स्रोत साधनका वावजुद नेपाल सरकारले खेती प्रविधि अनुसन्धानका लागी प्राथमिकता प्राप्त तथा यस क्षेत्रका आर्थिक तथा व्यापारिक महत्वका जडिवुटि जन्य वनस्पतिको खेती प्रविधि अनुसन्धान गर्ने काम गरेको छ । यसका साथ साथै यस क्षेत्रका वनस्पतिको श्रोत सर्वेक्षण गरी सर्वसाधारणलाई ब्यापक रुपमा वनस्पतिको ज्ञानमा अभिवृद्धि गराउनुका साथै संरक्षणका लागी स्थानिय स्तरमा चेतना मुलक तालिम र सचेतना गोष्ठिहरु संचालन गर्ने गरेको छ।वनस्पतिहरुको दिगो प्रयोगका साथ साथै तिनको बजारका लागी मध्यस्तकर्ताको भुमिका खेल्ने काम वनस्पति अनुसन्धान केन्द्रकैलालीले गरिरहेको छ ।

वनस्पति श्रोतहरुको सर्वेक्षणवाट वैज्ञानिकआर्थिक एवं सामाजिक महत्वको वनस्पति पहिचान गरी तिनीहरुको संरक्षण तथा खेति प्रविधि अनुसन्धान गर्ने मूख्य जिम्मेवारीको साथसाथै खेति प्रविधि विकास भैसकेका बहुयउपयोगी वनस्पति तथा जडिबुटीको खेति विस्तार मार्फत समुदायको आय आर्जनमा टेवा पुर्‍याउने जिम्मेवारी समेत वोकेको वनस्पति अनुसन्धान केन्द्रकैलालीले आफ्नो स्थापनाकालदेखि नै अटुट रुपमा कार्यहरु गर्दै आईरहेको छ । कार्य क्षेत्र विस्तार हुने क्रममा आ.व. २०७०/७१ देखि आ.व.२०७४।७५ सम्म चुरे क्षेत्रका समुदायहरुलाई जडिबुटी खेतिमा अग्रसर गराई आय आर्जनमा टेवा पुरयाउनुको साथै अन्य उपायोगी वनस्पतिको वृक्षारोपण मार्फत चुरेको संरक्षण गर्ने थप जिम्मेवारी समेत पाएको यस कार्यालयले सम्बन्धित राष्ट्रिय गौरवको आयोजना समेत कार्यान्वयन गर्ने अवसर प्राप्त गरेको थियो ।
जडिवुटी खेती मार्फत स्थानियहरुको आय आर्जन बढाउनका लागी कैलाली
कञ्चनपुर जिल्लाका लागि कुरिलोसर्पगन्धाक्यामोमाइलमेन्थातेजपातलेमनग्रासआदि जडिवुटीहरु महत्वपुर्ण मानिन्छन । यसका लागि कार्यालयले प्राविधिक सहयोग गर्नुका साथै आर्थिक सहयता समेत प्रदान गरिरहेको छ ।

 जडिवुटी खेतीको मार्फतबाट स्थानिय स्तरमा रोजगारीको अवसर मिल्नुका साथै युवाहरुको वैदेशिक पलायनलाई समेत केही हद सम्म भए पनि कम गर्न सकिने भएकोले कार्यालयबाट युवा लक्षित कार्यक्रमहरु समेत संचालन भएका छन । कार्यालयले कार्य क्षेत्रका निजी तथा सार्वजनिक जग्गामा आयमुलक जडिवुटी जन्य वनस्पतिहरु रोपण गराई त्यसबाट स्थानिय समुदायको आय बढाउने लक्ष्य राखेकोले त्यसबाट सबैले लाभ लिनका लागी वनस्पति अनुसन्धान केन्द्र, कैलाली आग्रह गर्दछ ।

 

गंगा दत्त भट्ट

केन्द्र प्रमुख